इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन सार्बजनिक बिदा

२०७७, १० जेष्ठ शनिबार ११:४७

पाल्पा । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
इस्लाम धर्मावलम्बीले महिना दिनसम्म दिनभरि उपवास बसेर मनाउने ईद पर्व आइतबार समापन हुँदैछ । मन्त्रिपरिषद्ले उक्त पर्वको समापनको अवसरमा आइतबार बिदा दिने निर्णय गरेको गृह मन्त्रालय द्वारा प्रकाशित बिज्ञप्ती मा उल्लेख छ ।

Comments

ताजा खबर