नेपालमा थप ३२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसंगै कुल संक्रमीत ५ सय ४८

२०७७, १० जेष्ठ शनिबार ०९:५१

पाल्पा । नेपालमा थप ३२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । शनिबार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको प्रेस वक्तव्य अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा
नयाँ सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै मुलुकमा संक्रमित संख्या ५ सय ४८ पुगेको छ । अहिले कोभिड-१९ पुष्टि भएका संक्रमितमध्ये ८ जना कपिलवस्तुको वाणगंगा नगरपालिकाको हुन् भने १३ जना सर्लाही गोडैता तथा कविलासी नगरपालिकाका र एक जना बारा करैयामाइ गाउँपालिकाका हुन् । यसैगरी अर्का एक ३५ वर्षीय संक्रमित काठमाडौंका पुरूष हुन । यसैगरी प्रादेशिक अस्पताल भैरहवामा गरिएको परीक्षणमा फेला परेका ८ जना संक्रमित रुपन्देहीको गैडहवा र रोहिनी गाउँपालिकाका बासिन्दा हुन् । यस्तै चितवनमा फेलापरेका संक्रमित भरतपुर ६ का बासिन्दा भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संक्रमितमा दुई जना महिला र ३० जना पुरूष रहेका छन् । उनीहरु १७ देखि ५५ वर्ष उमेर समुहका रहेका छन । 

Comments

ताजा खबर