लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको राजनीतिक/प्रशासनिक नक्सा नेपाल राजपत्रमा प्रकाशन

२०७७, ९ जेष्ठ शुक्रबार २२:५२

पाल्पा । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँनक्सा मुद्रण विभागले प्रकाशन गरेको छ ।
नेपाल राजपत्र खण्ड ७०, अतिरिक्ताङ्क ८ भाग ५ मा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सुचना प्रकाशन गरेको हो । सुचनामा भनिएको छ नेपालको नक्सा राजनीतिक तथा प्रशासनिक स्वीकृत गरी प्रकाशन गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ । नक्सा छापिएको राजपत्र सबै मन्त्रालय, निकाय र प्रदेश सरकार र स्थानीय तहसहित राज्यका सबै कार्यालयलाई पठाइने मन्त्रालय स्रोतले जनाएको छ ।
गत जेठ ५ गते बसेको मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा स्वीकृत गरेको थियो । मन्त्रिपरिषदले नक्सा स्वीकृत गरेपछि बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले औपचारिक रुपमा सार्वजनिक गरेको थियो ।
हेरौं राजपत्र :-

Comments

ताजा खबर