थप ३० जनामा सङ्क्रमण पुष्टि भएसङ्गै कोरोनाभाइरस संक्रमण हुनेको संख्या ४८७ पुग्यो

२०७७, ९ जेष्ठ शुक्रबार १०:२१

पाल्पा । नेपालमा थप ३० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । शुक्रवार थप पुष्टि भय सङ्गै संक्रमण हुनेको सङ्ख्या ४८७ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार काााठमाडौ र चितवनमा गरिएको परीक्षणमा नयाँ सङ्क्रमण पुष्टि भएको हो। पुष्टि भएका व्यक्तिहरू नवलपरासी पूर्व, चितवन, सर्लाही र कपिलवस्तुका भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयका अनुसार पुष्टि भएकामध्ये तीन जना नवलपरासीका, दुई जना चितवनका, नौ जना कपिलवस्तुका र १८ जना सर्लाहीका हुन्। उनीहरू आठ वर्षदेखि ७३ वर्षसम्मका छन्।
डा. अधिकारीका अनुसार नयाँ भेटिएका सङक्रमितमध्ये तीन जनालाई चितवनको कोभिड-१९ विशेष अस्पतालमा राखिएको छ। अन्य सङ्क्रमितहरू भने विभिन्न स्थानका क्वारन्टीनमा रहेका र उनीहरूलाई उपचारका लागि अस्पताल लग्न लागिएको अधिकारीले जानकारी दिए।
सबै प्रदेशमा कोभिड-१९ भएका व्यक्ति फेला परेका छन्। अहिले प्रदेश नं ५ र २ मा सर्वाधिक सङ्क्रमित छन् ।

Comments

ताजा खबर