महिला फुटबल खेलाडी समिक्षा मगरलाई नेपाल जापान फुटबल संघ द्वारा आर्थिक सहयोग

२०७७, ८ जेष्ठ बिहीबार १०:५०
गत बैशाख १२ गते आफ्नैे बारीमा काम गर्ने क्रममा दुर्घटनामा परी दाँया आखामा गम्भिर चोट लागेर आँखा गुमाउनुपर्ने अवस्थामा पुगेकी महिला फुटबल खेलाडी समिक्षा मगरलाई आर्थिक सहयोग गरिएको छ ।
बिराटनगरस्थित बिराटनगर आखा अस्पतालमा उपचाररत उदयपूर बेलका नगरपालिका वडा न ५ का महिला फुटबल खेलाडी मगरको परिवारको आर्थिक अवस्था कमजोर रहेको र उपचारमा समस्या भएपछि जापानमा क्रियाशील नेपाली संस्था नेपाल जापान फुटबल संघ (NJFA)पहलमा नेपाली एक लाख तीन हजार ६ सय ५७ रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।
संघ, संघका सदस्य र जापानमा रहेका नेपालीहरुबाट संकलन गरिएको उक्त रकम आज संस्थाका उपाध्यक्ष नमस्ते गुरुङ, कोषाध्यक्ष अखिल लामा र सल्लाहकार शिवहरि पौडेलको रोहबरमा उपाध्यक्ष विशाल कार्कीको नामबाट जेआरएफ रेमिट (JRF)मार्फत नेपालस्थित बिरामीको खातामा ट्रान्फर गरिएको जनाएको छ ।
संस्थाका अध्यक्ष बसन्त गौचनले अभियानमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनु भएको छ ।

Comments

ताजा खबर