क्रिमसन अस्पतालमा गुल्मीका शिक्षकको निधन, कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

२०७७, ८ जेष्ठ बिहीबार १३:४१

पाल्पा । क्रिमसन अस्पतालको आइसियुमा उपचाररत कोरोना संक्रमण पुष्टि भएका गुल्मीका शिक्षकको निधन भएको छ । भेन्टिलेटरमा उपचार भइरहेको उनको विहीबार विहान मृत्यु भएको प्रदेश ५ सामाजीक बिकास मन्त्री सुदर्शन बरालले जानकारी दिनुभयो । उहाँलाई बचाउन अनेकौ प्रयास गर्दा पनि बचाउन नसकिएकोमा निकै दुःखी छौ । देउराली आधारभूत विद्यालयका प्रधानाध्यपक समेत रहनु भएका उहाँको निधनले शिक्षा क्षेत्रमा अपुरणीय क्षती भएको छ । यस दुखद घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछ । मन्त्री बरालद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

उनको निधन भएसङ्गै कोरोना संक्रमण बाट नेपालमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । गुल्मीको मदाने गाउँपालिका , ६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकमा सोमबार दिउसो कोरोना संक्रमण पुष्टि भएको थियो । उनी दमको रोगी भएको र अवस्था गम्भीर रहेको बताइएको थियो । उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या भएपछि उनी जेठ १ गते अस्पताल भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले ४ दिनअघि स्वाब संकलन गरी परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि गुल्मी, अर्घाखाँची हुँदै बुटवलको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उनले स्थानीय मेडिकलमा परीक्षण गराएका थिए । त्यहाँबाट अर्घाखाँचीस्थित छायाँ मेडिकल हलमा परीक्षण गरेका थिए । मेडिकलमा परीक्षण गराउँदा फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि बुटवल पठाइएको थियो ।

स्थानीयका अनुसार मदाने गाउँपालिकाले उनको घरनजिकै ज्वरो क्लिनिक राखेको थियो । त्यहाँ भारत र तेस्रो मुलुकबाट आउनेको ज्वरो र स्वास्थ्य परीक्षण गर्ने गरिएको थियो । संक्रमण देखिएका उनको जेठ २ मा स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । अहिले मदाने गाउँपालिका र छाॅंया पोलिक्लिनिक सिल गरिएको छ । यसअघी नेपालमा कोरोना संक्रमण बाट २ जनाको मृत्यु भैसकेको छ । उनिहरु सिन्धुपाल्चोक कि महिला र बाकेका पुरुष रहेका छन । यो समाचार तयार पार्दा सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४४४ पुगेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु