कालिगण्डकी नदीमा बेपत्ता भएका २ बालकहरुको मृत्यु

२०७७, ८ जेष्ठ बिहीबार ०९:४८

पाल्पा । कालिगण्डकी नदीमा पैडिँने क्रममा बेपत्ता भएका २ बालकहरुको मृत्यु भएको छ । दुवै जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जेष्ठ ४ गते घर नजिकै रहेको रामपुर नगरपालिका वडा नं – १० मलोट स्थित कालिगण्डकी नदिमा पौडी खेल्ने क्रममा जिल्ला रामपुर नगरपालिका १० सिकोडाँडा का १० बर्षिय सुनिल भट्टराई र समिर चापागाई डुबि बेपत्ता भएका थिए । उनिहरुको शब पोष्टमार्टमको लागी रामपुर अस्पतालमा राखिएको पाल्पा प्रहरीले जनाएको छ ।
गर्मी माैसम शूरू भए सँगै बालबालिकाहरू माछा मार्ने, नुहाउन, कपडा धुने तथा पाैडी खेल्ने निउमा बालबालिकाहरू खाेलामा जाने गर्दछन । जसका कारण पाल्पामा बर्सेनी बालबालिकाहरूको खाेला तथा नदिमा पाैडी खेल्दा ज्यान गरेका घटनाहरु भएकाछन ।

Comments

ताजा खबर