राष्ट्रिय निकुञ्जमा यस बर्ष यार्सागुम्बा सङ्कलनमा रोक ।

२०७७, ८ जेष्ठ बिहीबार ०६:५६

नेपाल सङ्खुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्जले कोरोनाको कारणले बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलनमा यस वर्ष रोक लगाइएको छ   कोरोना भाईरसको सङ्क्रमण बढदै जान थालेको र यार्सा सङ्कलन गरिने ठाउँमा मानिसको भीड हुने भएकाले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको मकालु बरुण राष्ट्रिय निकुञ्जका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिनुभयो मकालु बरुण राष्ट्रिय निकुञ्जले गत वर्ष जेठ १५ गतेदेखि असार १३ यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिएको थियो सङ्क्रमणको जोखिम उच्च हुने देखिएपछि रोक लागाइएको निकुञ्जले जनाएकोछ निकुञ्जको सूचना विपरीत यार्सागुम्बा सङ्कलन गर्ने गराउनेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन  बमोजिम कारवाही हुने बताइएको छ

यार्सागुम्बा मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रको मकालु बरुण निकुञ्जलगायत ठाउँमा पाइन्छ यस क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा भएकोले सङ्कलन रोक लगाए पछी वर्षभरिको आवश्यक घर खर्च, बालबच्चा पढाउने खर्च पुर्‍याउन गार्‍यो हुने बताउछन्

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु