रोल्पामा बेवारिसे बम बिस्फोट, चार बालबालिकाको मृत्यु

२०७७, १८ बैशाख बिहीबार २१:५२

१८ , बैशाख । रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ । बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेका हुन । बम विस्फोटबाट मृत्यु हुनेमा १४ वर्षीय लोतीराम डाँगी, ११ वर्षीया विमला खत्री, ५ वर्षीय विजय खत्री र १३ वर्षीय गौरव नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको हो । घटना स्थलमा प्रहरी पुगिसकेको र थप विवरण केही बेरमा आउने जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

Comments

ताजा खबर