कांग्रेस नेता पौडेललाई जापान द्वारा उत्कृष्ट विभूषण दिने निर्णय ।

२०७७, १८ बैशाख बिहीबार १४:४२

जापान । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले  उच्च विभूषण  ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ  दि राईजिङ सन अवार्ड’ दिने भएको छ ।

नेपालस्थित जापानी दूतावासका अनुसार जापानले याे वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ पौडेललाई दिइने निर्णय गरेको हाे  । जापान सरकारले विदेशी नागरिकलाई प्रदान गर्ने उच्‍च  सम्मानमध्ये साे सम्मान पनि एक हाे । पौडेललाई नेपाल-जापान सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले साे सम्मानको सो अवार्ड दिइएको दूतावासले जनाएकाे छ ।

पूर्व सभामुख पाैडेलले नेपाल-जापान संसदीय मैत्री संघ गठन गरेर सांसदहरुबीच अनुभव साटासाट गर्न भूमिका खेलेकाे भन्दै जापानले सो अवार्ड दिएको दूतातावासले जनाएको छ । पाैडेल साे संघका संस्थापक हुन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु