स्याङ्जा जिल्लामा पहिलोपटक जुम्ल्याहा शिशुको सफल शल्यक्रिया

२०७७, १५ बैशाख सोमबार २१:५७

भविन्द्र गौतम, १५, बैशाख । स्याङ्जा जिल्लामा पहिलो पटक जुम्ल्याहा शिशुको शल्यक्रिया सफल भएको छ । प्राकृतिक तरिकाले नमिल्ने भएपछि जिल्ला अस्पालमा स्याङ्जामा आकस्मिक शल्यक्रिया गरिएको थियो । जिल्ला अस्पताल स्याङ्जाका विशेषज्ञ डा. नारायण गोदारको नेतृत्वमा शल्यक्रिया गरी जुम्ल्याहा बच्चाको जन्म दिइएको छ । सोमबार बिहान १०:३० बजे सुरु गरिएको शल्यक्रिया बाट ११:१७ मा पहिलो र ११:१९ मा दोश्रो शिशु निकालिएको थियो ।

सिमित स्रोत र साधनका बिचमा आमा र दुई बच्चाको अमूल्य जीवन बचाउन आकस्मिक शल्यक्रिया गरेर नयाँ जीवन दिन सकेकोमा अस्पताल स्रोत हर्षित छ भने स्याङ्जा बासीले अस्पतालको उत्कृष्ट काम प्रती प्रसंशा गरेका छन । कोरोना भाइरसको महामारीको बेलामा गरेको आकस्मिक रुपमा अस्पतालले लिएको निर्णयले इतिहास रच्न सफल भएको छ ।           पुतलीबजार नगरपालिका वडा नम्बर ११ मयाटारी कि २५ बर्षिय बिनिता शर्माको सफल शल्यक्रिया गरीएको थियो । शल्यक्रिया गरीएका शिशुहरु एक छोरा र एक छोरी रहेका छन । आमा र दुबै बच्चाको स्व्वास्थ अवस्था सामान्य रहेको अस्पतालका एनेस्थेसिया सहायक अनिल यादबले जानकारी दिए । स्याङ्जा जिल्लामा स्तरीय अस्पताल नहुदा उपचारको लागी स्याङ्जा जिल्लाबासिहरु पाल्पा वा पोखरा पुग्नुपर्ने बाध्यता रहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु