लकडाउनमा घरमा बस्ने सबै कर्मचारीलाइ सार्बजनिक विदा

२०७७, १५ बैशाख सोमबार २०:१७

बैसाख १५, काठमाडौ । कोरोना भाइरस संक्रमण रोकथाम को लागी गत चैत ११ देखि जारी लकडाउनलाई वैशाख २५ गते सम्म पुर्याउने निर्णय गरेको सरकारले लकडाउनको समयलाई सार्वजनिक बिदा सरह मान्ने भएको छ । राजपत्र ।       गृह मन्त्रालयले नेपाल राजपत्र भाग ५ मा सूचना प्रकाशित गर्दै नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार गत चैत ९ गते र त्यसपछिका मितिमा जारी भएका आदेश अनुरुप यो अवधिलाई सार्वजनिक विदासरह मानेर सो अवधिमा श्रमिकले खाइपाई आएको तलब भत्ता पाउने व्यवस्था गरेको हो । लकडाउन अवधिको बिदा सम्बन्धित कार्यालय प्रमुखले प्रमाणित गर्नुपर्ने छ ।

Comments

ताजा खबर