पूर्वखोलाको मुकुन्द प्रावि क्वारेन्टाइनमा रहेका ६ जनाको रिपोर्ट नेगेटिभ

२०७७, १५ बैशाख सोमबार १९:३७

पाल्पा , बैशाख १५ । पाल्पाको पूर्वखोला गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा रहेका ६ जनाको र्यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । मुकुन्द प्रावि देवीनगरमा बसेकालाई ६ जनाको कोरोना संक्रमण आरडिटी परीक्षण पछि रिपोर्ट नेगेटिभ आएको हो ।

गाउँपालिकाको स्वास्थ्यकर्मीहरुको टोलीले आरडिटी गरेको थियो । दुई हप्ता अघि धादिङ हुँदे पाल्पा आएका ६ जनालाई क्वारेन्टाईनमा राखिएको थियो । उनीहरुको र्यापिड डायग्नोष्टिक टेष्टपछि सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । क्वारेन्टाईनमा १४ दिन पुगेकालार्ई यापिड डायग्नोष्टिक टेष्ट गरिएको थियो । रिपोर्ट नेगेटिभ आएकाले उनीहरू सबैलाई वडा अध्यक्षको रोहबरमा एक साता अझै होम क्वारेन्टाइनमा बस्ने सर्तमा छाडिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु