भोलि सचिवालय बैठक, ओली र नेपाल पक्षका मुख्य नेताको छलफल सकियो

२०७७, १५ बैशाख सोमबार १९:१०

१५ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षको छलफल सकिएको छ । छलफलबाट मंगलबार सचिवालय बैठक बोलाउने निष्कर्षमा नेताहरु पुगेका छन् ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको विवादबारे छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बसेको बैठक सकिएको छ।

छलफलमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षमा मुख्य नेताहरू सहभागी थिए।

Comments

ताजा खबर