विराटनगर नै फर्काउने निर्णय गरियो थानकोटमा रोकिएकाहरुलाई

२०७७, १५ बैशाख सोमबार १६:१३

काठमाडौं,१५ वैशाख।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार विना समन्वय बिराटगरबाट आएका उनीहरुलाई बिराटनगर नै फर्काउने निर्णय गरिएको हो ।

उनले भने, काठमाडौंमा मान्छे ल्याउने नीति छैन । विरामी बाहेकलाई आउने दिँदैनौं ।

 

विराटनगर महानगरले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका नागरिकलाई लिन आइतबार सात वटा बस पठाएको थियो । त्यसमा अलपत्र गरेर काठमाडौं जान चाहने १६० जनालाई पनि पठाइएको थियो । तर सबै लाई प्रहरीले थानकोटमै रोकेको छ ।

Comments

ताजा खबर