काेराेना संक्रमितकाे संख्या ५२ पुग्याे १६ जना उपचारपछि निको भए

२०७७, १४ बैशाख आईतवार २१:३७

१४, बैशाख । आइतवार थप एक जना ५० बर्षका पुरुषमा कोरोना पुष्टि भएको छ । झापामा नयाँ काेराेना संक्रमितका बिरामी थपिएपछि नेपालमा संक्रमितको संख्या ५२ पुगेकाे हो । कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा भएको परिक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रममीत ब्यक्ति अस्पतालको सम्पर्कमा रहेको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमण भएका बिरामी मध्ये १६ जना निको भएर अस्पताल बाट डिस्चार्ज भएका छन भने ३६ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा राखी उपचार भैरहेको छ ।

Comments

ताजा खबर