वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

२०७७, १४ बैशाख आईतवार २१:१३
COVID-19 Lockdown Nepal

१४, बैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार साँझ बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको छ । चैत ११ देखि जारी लकडाउनलाई वैशाख २५ गते सम्म लम्ब्याउने निर्णय सरकारले गरेको हो । पछिल्लो समय देशका पहाड देखि तराईका विभिन्‍न जिल्लामा कोरोना संक्रमित देखिने क्रम बढ्दै गएपछि सरकारले लकडाउनलाई पनि निरन्तरता दिएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले शनिबार लकडाउनलाई कम्तीमा एक साता लम्ब्याउन सरकारलाई सिफारिस गरेको थियो । आन्तरिक तथा बाह्य हवाई उडान आगामी जेठ २ गतेसम्मका लागि स्थगित रहेको छ । 

Comments

ताजा खबर