तानसेनकाे बर्तुङबाट तीन जना अबैध औषधि बिक्रीकाे आराेपमा पक्राउ ।

२०७७, १४ बैशाख आईतवार १५:५९

पाल्पा – तानसेन–७, बर्तुङ्स्थित सरस्वती मेडिकल हलमा खानतसारी गर्ने क्रममा मेडिकल सञ्चालक सरस्वती खनालको भान्सा कोटाबाट लागूऔषध गाजा फेला परेको छ । उक्त मेडिकल हलबाट अबैध औषधि बिक्री गरेको सूचनाका आधारमा खानतसाली गर्दा मेडिकल सञ्चालक खनालको भान्साघरबाट तीन सय ग्राम गाजा जस्ताे बस्तु फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै सोही मेडिकल हल संचालकका छोराको कोठामा टिनको बाकसभित्र लुकाईछिपाई राखेको ट्राडोमल होइड्रोक्लोराइड क्याप्सुल आइपी ट्रामोल–५०, ११ प्याकेट भित्र ३२९५ वटा क्याप्सुल फेला परेको छ । यो औषधि हो ।

तर यसलाई सम्बन्धित औषधि व्यवस्था विभागको स्वीकृतिमा मात्र प्रयोग गर्न पाइने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताउनुभयो । पछिल्लो समय यो औषधि ड्रग्सको रुपमा प्रयोग हुन थालेपछि यसको अबैध बेबिखन तथा ओसारपोसारमा हुँदै आएकाे छ ।

खनालले गैरकानुनी रुपमा औषधि बिक्रीका लागि घरमै राखेको पाइएको र उक्त औषधि के काममा प्रयोग भईरहेको छ भन्ने अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख जिसीले मेडिकल सञ्चालक सरस्वती खनाल, निजका २३ वर्षिय छोरा विवेक कार्की र प्रकाश कार्कीलाई समेत पक्राउ गरिएको जानकारी दिनुभयो । थप अनुसन्धान पछि खुल्ने प्रहरीकाे भनाइ छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु