विदेशमा नेपालीहरु कोरोना संक्रमित १५ सय , ३६ को मृत्यु ।

२०७७, १४ बैशाख आईतवार ०७:२३

काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ बाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या ३६ पुगेको छ । संक्रमितको संख्या १५ सय हाराहारी पुगेको छ ।

गैरआवासीय नेपाली संघका अनुसार संसारका विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीको निधन भएको छ । संघका उपाध्यक्ष डा. बद्रि केसीका अनुसार सबभन्दा बढी बेलायतमा २१ जनाको निधन भएको छ ।

अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा तीन तथा साइप्रसमा एकजनाको मृत्यु भएको उनले जानकारी दिए । साउदी अरेबियामा कोरोना संक्रमित एक नेपालीले आत्महत्या गरेको जानकारी प्राप्त भएको उपाध्यक्ष डा. केसीले बताए ।

त्यसैगरी, विश्वभर एक हजार पाँच सय जति नेपाली कोरोना संक्रमित भएको संघले जनाएको छ । संक्रमित हुनेमा सबभन्दा बढी अमेरिकामा छन् । त्यहाँ रहेका आठ सय हाराहारी नेपालीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु