भाइरसका कारण हालसम्म कतारमा १० जनाको मृत्यु भएको छ ।

२०७७, १४ बैशाख आईतवार ०७:१३

दोहा । कतारमा एकैदिन ८३३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

शनिवार कतारमा ३,८१७ जनामा कोरोना जाँच गर्दा थप ८३३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएको हो । योसँगै कतारमा कोरोनाबाट संक्रमितको संख्या ९,३५८ पुगेको छ । कोरोनाबाट १२० जना निको भएको स्वास्थ मन्त्रालयले जनाएको छ ।

हालसम्म ९२९ जना निको भएर घर फर्किएका छन् भने जम्मा ८,४१९जना उपचारत छन् । आज सम्म ७९,७०५ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १० जनाको मृत्यु भएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु