संसद लम्सालको पहलमा एकता मंच जापान का अघ्यक्ष लामा द्वारा राहत बितरण ।

२०७७, १३ बैशाख शनिबार २१:२६
काठमाड । बिश्वभर कोरोनाको महामारी फैलिएसंगै नेपालमा पनि यसको प्रभाब देखा परेको छ । सरकारले गरेको १ महिनाभन्दा लामो लकडाउनले गर्दा दैनिक ज्यालादारीमा काम गर्ने परिवारलाई निकै अफ्ठ्यारो र मार परेको छ । यहि कुरालाई मध्यनजर गर्दै नेपाल सरकारले राहतको सुबिधा ल्याएको छ,कोहि जनता भोकै नपरुन भनेर सरकारले राहत वितरण देशभरि गर्दै छ । जसमा अत्ति बिपन्न परिवार र ज्यालादारी काम गर्ने परिवरलाई बिशेष ख्यालमा राखेको छ ।
काभ्रेको भुम्लु गाउपालिका वडा ६ कोलातीमा पनि बाग्मती प्रदेशका साम्सद लक्ष्मण लम्सालकै पहलमा प्रबासी नेपाली एकता मंच जापानका अघ्यक्ष हवलचन्द्र लामाको पहल र सहयोगमा १३५० केजी चामला र दाल ,नुन ,चिनी ,तेल कार्यबिधी अनुरुप राहत प्रदान गरिएको छ । त्यसैगरि भुम्लु गाउँपालिकाले पनि यस गाउँपालिकामा रहेका अत्ति बिपन्न परिवार र दैनिकी ज्यालादारीमा काम गर्नेहरु लाई शुक्रबार वडा नं १ सापिङ्ग भट्टेटार माझि समुदायमा बाग्मती प्रदेशका साम्सद लक्ष्मण लम्सालको पहलमै ८० माझि घर परिवारलाई राहत वितरण गरेको छ । कुल २४६० केजी चामलमा २६ बोरा लाइन क्लब अफ काठमाडौं सुकुन्दले गरेको छ भने ५६ बोरा चामल समाज सेवी लेख नाथ श्रेष्ठले व्यक्तिगत सहयोग गर्नु भएको छ । भुम्लु गाउँपालिका वडा नं १ सापिङ्ले २ केजी दाल ,चिनी , नुन,तेल ,चियापती राहत कार्यबिधी अनुरुप स्थानीय प्रशासनसंग समन्वय गरेर वितरण गरेको छ ।
राहत बितरण कार्यक्रममा भुम्लु गाउपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठ ,कानुन सल्लाकार प्राणनाथ नेउपानेको पनि सह्भागी थियो ।
भट्टेटार माझि गाउँमा सबैजसो घर परिवारको खेतिपाति एकदम कम हुने र दैनिकी ज्यालामा काम गर्न अहिलेको अवस्थामा नहुने भएको हुँदा दैनिकीमा सारै अफ्ठयारो परि भोकै रहनु पर्ने अवस्था देखा परेकोले राहत वितरण गरिएको वडा अध्यक्ष खिर बहादुर श्रेष्ठले बताउनु भयो ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु