कोरोनाबारे मार्मिक गीत ‘विश्व अहिले भाछ त्रसित’ सार्वजनिक ।

२०७७, १३ बैशाख शनिबार १७:०१

काठमाडौं । संसारभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको बारेमा जनचेतनामुलक गीत ‘विश्व अहिले भाछ त्रसित’ सार्वजनिक भएको छ । ‘कोरोना भाइरसबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने सन्देश दिन टी–टाइम म्युजिकले उक्त गीत यूट्युवमार्फत सार्वजनिक गरेको हो ।https://youtu.be/UDR7n15ZOc4

पुर्व पत्रकारसमेत रहेका हेमन्त आचार्यले शब्द सिर्जना गरेको उक्त गीतमा ईन्द्र जि.सी र लक्ष्मी आचार्यले स्वर दिएका छन् । गीतको परिकल्पना भने रामप्रसाद बस्यालले गरेका हुन् । कोरोनाको सन्त्रासका कारण आत्रा संसार लकडाउनमा रहेको बेलामा विदेशमा रहेका श्रीमान र स्वदेशमा रहेकी श्रीमतीबीचको वार्तालापलाई गीतमा निक्कै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । उक्त गीतमा गाईकाले गितलाई भन्दा आफनो टाटुलाई बढी महत्व दिएको देख्न सकिन्छ । गीतमा पीडा को महशुस भन्दा गायीका आफनो टाटुको प्रद्र्धशनमा देखिन्थिन । कामको शिलशिलामा हाल साउदी अरेवियामा रहेका सर्जग आचार्यले लकडाउनकै समयमा गीत रचना गरेको बताए ।

अप्रिल १५ मा प्रिमियर गरिएको गीत दुई दिनमा करीब ५ हजारले हेरेका छन् । कोरोना भाइरसको सन्त्रासमा रहेका नेपालीलाई गीतले सकरात्मक सन्देशका साथै नयाँ उर्जा भर्ने टी–टाइम म्युजिकको विश्वास छ । गीत बजाएर आफ्नो घर वा कोठामा मज्जाले नाचेर तनाव कम गर्न सकिने दाबी म्युजिक कम्पनीको छ । मार्मिक र पीडाभावले भरिएको गीतलाई रोमाञ्चक कोणबाट प्रस्तुत गरिएकोले सेल्फ क्वारेनटाइनमा बसेका करोडौँ दर्शक तथा स्रोताको मन जित्ने कम्पनीको भनाई छ । परदेशीको पीडा सँगै गाईकाको टाटु प्रर्दशन लिंकमा गीत हेर्नुहोस्..https://youtu.be/UDR7n15ZOc4

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु