अति उच्चजोखिमको सूचीबाट हट्यो नेपाल, अब उच्चजोखिमको सुचीमा

२०७७, १३ बैशाख शनिबार १६:१९

१३, बैसाख । विश्व स्वास्थ्य संगठनले नेपाललाई अति उच्च जोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा झारेको छ ।नेपालले पछिल्लो समय पीसीआर र र्‍यापिड टेष्टको दायरा ह्वात्तै बढाएको, संक्रमण रोक्न लकडाउनलाई कडाईका साथ लागू गरेको, आइसोलेसन वार्ड बढाएको, क्वारेन्टाइन गर्ने कार्य स्थानीय तहले कडाईका साथ लागू गरेको कार्यको मूल्यांकन गरी नेपालको अवस्था दुई महिना अघिको तुलनामा सुधार भएको नियन्त्रणका लागि चालेको कदम विश्वमै उत्कृष्ठ रहेको पनी विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा रोग देखियो भने अवस्था भयावह हुन्छ भन्ने थियो । स्रोत साधनको कमी छ, परीक्षण गर्न असहज हुन्छ भन्ने अनुमान थियो । कोरोना नियन्त्रणमा नेपालको सक्रियता र नतिजाको आधारमा जोखिम सूचीमा सुधार भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए । हामीले सातवटै प्रदेशमा तिब्रगतिमा प्रयोगशाला विस्तार गर्‍यौँ, ७७ वटै जिल्लामा र्‍यापिड टेष्ट गर्‍यौँ, अहिले देशभरका स्थानीय तहले संकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने कामलाई बढो व्यवस्थित ढंगले गरेको छ । ‘हामी पहिले लेवल ४ अर्थात अति उच्च जोखिमको सूचीमा थियौँ अहिले लेवल ३ मा झरेको जनाउदै सार्कमुलुक मध्ये भारत, श्रीलंका, बंगलादेश, भुटान, माल्धिब्स लेवल ३ मा रहेका छन भने पाकिस्तान लेवल ४ र अफगानिस्तान लेवल ५ मा रहेको जानकारी दिए । नेपालमा सबैभन्दा धेरै उदयपुरमा २८ सहित १२ जिल्लामा अहिलेसम्म कोरोनाबाट ४९ जना संक्रमित भएका छन् भने ११ जना निको भएर घर फर्किसकेका छन् ।

Comments

ताजा खबर