साउदी अरबमा कोरा हान्ने सजायँसर्वोच्च अदालतले खारेज गरेको छ ।

२०७७, १३ बैशाख शनिबार १६:१३

साउदी,अप्रिल २५ ,एजेन्सी । अरबमा कोरा हान्ने ‘छडीले हिर्काउने’ सजायलाई त्यहाँको सर्वोच्च अदालतले खारेज छ । आफ्नो निर्देशनमा अदालतले भनेको छ,‘कोरा हान्ने सजायको विकल्पमा जेल सजाय अथवा जरिवाना तिराउनुपर्छ।’

मुस्लिम राष्ट्र साउदी अरबमा सार्वजनिक स्थलमा विभिन्न घटनामा दोषीलाई कोराले हिर्काउने चलन छ । यस सजाय महिलामा पनि लागू छ ।मानव अधिकारवादीहरुले कोराले हिर्काउने सजायले मानवअधिकारको उल्लंघन गरेको बताउँदै आएका थिए । कोरा हान्ने सजाय खारेज गरिनुलाई साउदीका राजा सलमान र उनका छोरा राजकुमार मोहम्मद बिन सलमानको सुधारको कार्यक्रमको रुपमा हेरिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु