सडकसुरक्षामा खट्ने ट्राफिक प्रहरीलाई न्युनतम स्वास्थ्य सुरक्षा छैन । हेरौं तस्बिरमा :-

२०७७, १३ बैशाख शनिबार १२:१७

१३ बैशाख, पाल्पा । कोरोना भाइरसको महामारी फैलिन नदिन नेपाल अहिले लकडाउनमा छ । यो अवधिमा चलाइएका सवारीसाधनको प्रयोजन जाँचगर्न ट्राफिक प्रहरीले यतिखेर पनि सडक छाडेका छैनन्‌ ।कोरोना भाइरसले विश्वभरी महामारीको रूप लिइरहँदा अधिकांश मानिसहरू घरभित्रै बसिरहेका छन्‌ । हिउँद-बर्खा, जाडो-गर्मी, चाडपर्ब, सरुवारोगको महामारी वा संकट केही नभनी सडकमा सवारी अनुशासन कायम गराई नागरिकलाई दुर्घटना न्यूनीकरणमा खटिने ट्राफिक प्रहरीहरू लकडाउनको समयमा पनि सवारी सुरक्षामै खटिइरहेका छन्‌ । जाेखिमपुर्ण अवस्थामा सडक सुरक्षाको जिम्मेवारीमा रहेका ट्राफिक प्रहरी तथा सुरक्षाकर्मीका लागी पिपिई, माक्स, सेनिटाईजर लगाएत न्युनतम स्वास्थ सुरक्षा बिधी अपनाएको देखिदैन । उनिहरु हातमा ग्लोव्स र साधारण माक्सको भरमा सडकमा देखिन्छन् ।उनीहरुको अवस्था हेरौ केही तस्बिरबाट :-

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु