सीआईबीको प्रमुखमा सहकुल थापा ।

२०७७, १२ बैशाख शुक्रबार २०:५६

काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) सहकुल थापाले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी सम्हालेका छन् । शुक्रवार उनले सो जिम्मेवारी सम्हालेका हुन् । यसअघि महानगरीय अपराध महाशाखाका प्रमुख रहिसकेका थापाले नयाँ जिम्मेवारीले आफूलाई उत्साहित बनाएको बताए ।

‘कानूनको परिधिमा रहेर, संगठनको इज्जत राखेर उच्च मनोबलका साथ काम गर्नेछु,’ जिम्मेवारी सम्हालेपछि थापाले भने । सीआईबीमा यसअघि निरजबहादुर शाहीले प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनी सरूवा भएर प्रहरी केन्द्रीय कार्यालयमा गएपछि सीआईबीको जिम्मेवारी थापाको काँधमा आएको हो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु