सरकारकाे निर्णय निर्णय दुवै अध्यादेश फिर्ता लिने।

२०७७, १२ बैशाख शुक्रबार १४:३६

काठमाडौं । सरकारले संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ती अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेकाे हो ।

राष्ट्रपति भण्डारीले प्रमाणित गरेपछि ती अध्यादेश खारेज हुने छन् ।गत सोमबार ल्याइएका अध्यादेशमा विभिन्न सत्ता र प्रतिपक्षी दलले विरोध गरेपछि सरकारले फिर्ता लिएको हो  ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु