पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने ८१ वर्षीय आमा कोरोनालाई जितेर घर फर्किन

२०७७, ११ बैशाख बिहीबार १९:१७

काठमाडौं, ११ वैशाख ।

काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना संक्रमित  ८१ वर्षीय आमा निको भएर घर फर्किएका छन । चैत पहिलो साता बेलायतबाट फर्किए पछि ८१ वर्षीय आमा र ५८ वर्षीय छोरामा कोरोना संक्रमण देखिएको थियो । त्यस लगत्तै उनीहरुलाई ललितपुरस्थित पाटन अस्पतालमा राखेर उपचार गरिएको थियो ।

पाटन अस्पताल भर्ना भएको १० दिनपछि उनीहरू निको भएर डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनिहरुसंगै कोरोनालाई जितेर निको हुनेको संख्या ९ पुगेको छ ।

Comments

ताजा खबर