तिनाउ गाउँपालिकामा काेराेना भाइरस संक्रमण राेकथाम तथा राहत वितरण कार्यकाे अनुगमन ।

२०७७, ११ बैशाख बिहीबार १६:५४

सन्तोष गहतराज , पाल्पा,बैशाख ११ , पाल्पाको तिनाउ गाउँपालिकामा सञ्चालन भइरहेको संक्रमण राेकथाम तथा राहत वितरण बारे भइरहेको कामकाे जिल्ला समन्वय समितिबाट अनुगमन गरिएको छ ।

जिल्ला समन्वय समिति पाल्पाकी प्रमुख मिरा मरासिनी,जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवाली,जिल्ला समन्वय समिति  सदस्य इन्द्रा चिदी,पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल लगाएतले अनुगमन गर्नु भएको थियोे । काेराेना भाइरस संक्रमण राेकथामकाे लागि गाउँपालिका स्तरीय तथा वडा स्तरीय समन्वय समिति गठन गरि चैत्र १ गते देखि विदेशबाट अाएका व्यक्तिहरूकाे लगत संकलन गर्ने,टोलटाेलमा सचेतना कार्यक्रम सञ्चालन गर्ने र अति विपन्न परिवारकाे लगत संकलन गर्ने काम सम्पन्न गरिएको,गाउँपालिकाबाट १० लाख ५० हजार ,चुन खानी सञ्चालनहरूबाट ९ लाख ६० हजार,सामुदायिक वन उपभोक्ता समितिबाट ८ लाख ३ हजार र व्यवसायी दिनेश रेग्मीबाट ५० हजार गरी कुल २८ लाख ६३ हजार बराबरको राहत वितरण गरिएको,१० वेडकाे क्वारेन्टाइन स्थापना गरी हाल ४ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको,चैत्र ९

गते देखि हाल सम्म दाेभान चाैकी नजिक हेल्थ डेस्क स्थापना गरी तिनाउकाे स्वास्थ्य कर्मीहरूबाट नियमित यात्रुहरूकाे स्वास्थ्य परिक्षण गरिएको र वडा अध्यक्षहरूकाे संयाेजकत्वमा महिला स्वास्थ्य स्वयंसेवक,युवा क्लबका सदस्यहरू,रेडक्रसका सदस्यहरू सहित अल्पकालीन स्वयंसेवक समिति गठन गरी तयारीमा राखिएको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनु भयाे । 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दमयन्ती थापा,प्रमुख प्रशासकिय अधिकृत दामोदर भण्डारी,वडा अध्यक्षहरू राेम बहादुर लम्तरी,राजेश श्रेष्ठ र प्रेम पाण्डे, स्वास्थ्य इकाई संयाेजक कृष्ण कार्की,सुचना प्रविधि अधिकृत तुल बहादुर घर्ती ,प्रशासन शाखा प्रमुख यादव अर्याल लगाएको उपस्थिति रहेको सुचना अधिकृत तुल बहादुर घर्तीले बताउनु भयाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु