किसानको तरकारी लिन गाउँपालिका अध्यक्ष नै किसानको बारिमा

२०७७, ११ बैशाख बिहीबार १०:०५

सन्तोस गहतराज, बैशाख ११, पाल्पा
लकडउनको बेलामा बारिमा तयार भएको तरकारी बिकेन भन्ने किसानको चिन्ता बगनासकाली गाउँपालिकाले मेटाइदिएको छ । गाउँपालिकाका अध्यक्ष नै किसानको खेत बारीमै पुगेर तरकारी खरीद गरि आफ्नो क्षेत्रका उपभोक्तालाई घरदैलोमै पुर्याएर बिक्रि बितरण शुरु गरेपछि किसानलाई राहत मिलेको छ । मंगलबार देखी गाउँपालिकाले आफ्नै गाडी प्रयोग गरी ताजा तरकारी उपभोक्ताको घरघरमामा पुर्याउन शुरु गरिएको अध्यक्ष कृष्ण प्रसाद बस्यालले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष सहित उपाध्यक्ष सरस्वती चिदी, प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, पालिकामा कार्यरत कृषि प्राविधिकहरू किसानको खेतबारीमा नै पुगेर बन्दाबन्दीको असहज परिस्थितिमा बिक्री नभएको तरकारी खरीद गरी ढुवानी रकम समेत गाउँपालिकाले व्यहोर्ने गरी गाउँपलिकाद्वारा सञ्चालित कृषि एम्बुलेन्स मार्फत बगनासकालीका गाउँक्षेत्रमा घरदैलो सेवा सहित खरिद मुल्यमा नै तरकारी बिक्रीवितरण गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको खानीगाउँ, बराङ्दी, देउराली, चापपानीको टोक्से, लिनडाँडा, पोखराथोक, चिर्तुङ्गधारा, राम्दी, दर्लमडाँडा र यम्घा लगायतका क्षेत्रमा कृषि एम्बुलेन्स सेवा सञ्चालन गरि सेवा प्रदानगर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको यो कार्य प्रती उपभोक्ता तथा कृषकहरु हर्षित देखिन्छन ।

Comments

ताजा खबर