पाल्पामा पटकपटक विधुत अवरुद्ध, उपभोक्तालाई सास्ती

२०७७, १० बैशाख बुधबार २१:१८

सन्ताेष गहतराज , पाल्पा बैशाख १०, पाल्पामा दैनिक रूपमा पटक पटक विधुत अबरूद्व हुदाँ सेवाग्राहीले सास्ती पाएका छन । यसरी विधुत अबरुद्ध हुदा पाल्पाकाे सदरमुकाम तानसेन लगाएत अन्य शहरी तथा ग्रामिण भेगका सरकारी तथा गैरसरकारी कार्यालय समेत प्रभावित बनेका छन ।

यसरी विधुत अवरूद्व भएको कारणले यहाँको व्यापार व्यवसाय तथा अन्य नागरिकहरू मर्कामा परेका छन । काेराेना जाेखिम उच्च भएको बेला उधाेग तथा कलकारखाना बन्द भएकाले विधुत खपत कम भएको जनाउदै घरमा खाना पकाउन समेत विधुतकाे प्रयाेग गर्न सरकारले अनुरोध गरेपनि खाना बनाउने समयमा विद्युत हुदा नागरिकहरूले निकै सास्ती भएको बताउछन ।तानसेन ११ बन्दिपाेखरामा रहेको ट्रान्समिटरमा पटक पटक फ्युज जांदा यस क्षेत्रका उपभोक्ता चिन्तित देखिन्छन् । स्थानीय कृष्ण रानाभाट पटकपटक ट्रान्समिटरबाट विधुत अबरूद्व हुदा आफुहरुले सास्ती भोग्नुपरेको बताउछन अर्का स्थानीय मीन सुनारले दैनिक रूपमा बेलुका खाना बनाउने तथा खाना खाने समयमा समेत ट्रान्समिटरबाट विधुत अबरोध हुदा समस्या भएकाे बताउदै थप काम गर्न नपाएको गुनासो गर्छन् । यसरी दैनिक रूपमा विधुत अवरूद्व भई जनगुनासाे बढिरहेको समयमा पाल्पा वितरण केन्द्र  प्रमुख सुशिल पाैडेलले केही दिनयता माैसम खराबीकाे कारण केन्द्रीय प्रणालीमा नै समस्या भएर विद्युत नियमित हुन नसकेको बताउछन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु