केशब दाहाल सबीनको अध्यादेश भित्र गिद्धको बास ।

२०७७, १० बैशाख बुधबार १६:४९

केशब दाहाल सबीनको अध्यादेश भित्र गिद्धको बास भन्ने शीर्षक मा कबिता ।

एक हुल गिद्ध

दक्षिणी आकास हुँदै

छिरेछन नेपालभित्र

आकासै ढाकेर

धर्ती नै कालो हुनेगरी

घुस्दै छन रे

सिंहदरबारका लासभित्र आत्मा बनी

कोरोनाको डकार छोडी

स्वादमा फरक ल्याउन

तिनलाइ थाहा छ

बिषले मरेका माछा भन्दा

बल्छिका माछाको स्वाद मीठो

तब त केही दिनदेखी

हिडाउदैछन सडकसडक

थुनेकाछन पर्खालभित्र

भोकभोकै प्यासी बनेर

छटपटाइरहदा

घुटुघुटु थुक निलिबसेका छन

भोक र रोगको चीत्कार

जति जति बाक्लो सुन्छन गिद्धहरु

त्यति त्यति -याल काढिरहन्छन

रोगले मरेका लासभन्दा

मारपिट झगडामा मरेका 

लासको स्वाद स्वस्थकर हुन्छ

गिद्धहरु चिरपरिचित छन

सक्दैनन घुस्न नेपालिको सरिरमा

हमेसा घुसिरहेका छन दलाल

अनि कठपुतलिको सरिरमा

फेरि त्यसै गरे

जो पहिले देखि गरि आएका थिए ।  

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु