नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

यो मानव संहारकारी कोरोनालाई हामी सबैले जित्नुछ , सृजना कार्की ।

२०७७, १० बैशाख बुधबार १२:३४

हिम्मत अझै दरिलो बनाउँनुछ , तर होस गरेर , जोगिएर । सुरुमै नम्र भएर भन्छु- व्यक्तिगत वा पारिवारिक कुराका रुपमा मात्र नलिदिनुहोला । कोरोना कहरले सबैतिर सबैलाई गाँजेका बेला हाम्रा पारिवारिक कुरा र अवस्था अरुसँग पनि मिल्न सक्ने हुँदा केही शेयर गर्न मात्र खोजेको हुँ ।

हामी परिवारमा ६ जना । ४ तिर छौं अहिले । विश्वव्यापी कोरोना भाइरसको त्रासले उतिकै पिरोलेको छ, बेलायतमा बस्ने बहिनी र परिवारदेखि पाल्पामा ममी, बुबासहित । बुटवलमा दाजुभाई । म काठमाडौंमा । कोरोनाको कुनै त्रासदीपूर्ण, कुनै आशालाग्दा केही र केही चाहीँ सनसनीपूर्ण समाचार सुन्ने अनी त्यही कुरा अरुलाई पनि शेयर गर्नैमै एक महिना बित्न लागिसकेको छ ।

लण्डनमा बस्ने बहिनी पेशाले स्वास्थ्यकर्मी हुन् । म उसको अभिभाव जस्तै । आफ्नो परिवार (ज्वाँइ र ३ बर्षको छोरा)सँग उनी उतै बस्छिन् । हामीले यहाँ बसेर बेलायतमा कोरोनाले धेरै संक्रमित गराएको, क्षति पुर्याएको खबरहरु पढिरहेका छौं ।

काठमाडौं र बाहिर बस्ने परिवारका निकट सदस्यहरुसँग पनि बारम्बार कुरा हुन्छ । ज्वाँइ र ३ बर्षको छोरा घरमा छाडी नियमित आफ्नो काममा उनी काममा जानुपर्छ । उ सँग हप्तामा एक दुई पटक छोटो कुरा हन्छ । कुरा गर्दा त्यहाँको अवस्था सोध्छु । अरु धेरै कुरा मनमा भए नि सोध्न सक्दिन । मन नराम्ररी अतालिइरहेको हुन्छ त्यतातिरको खबर सुनिरहँदा । बरु नेपालतिरै चाहिँ अप्रिय त्यस्तो केही खबर सुन्न परेको छैन । त्यस्तो ठाउँमा बसेकी कान्छी । मेरी बहिनी । मलाई सम्झाउँछे पो ।

‘दिदि डराउन पर्दैन । मेरो पेशा नै यहि हो । मैले जुन पेशा रोजे । त्यसमा मेरो आफनो सतप्रतिशत मन लगाएर काम गर्नु पर्दछ । र, मलाई केही भएको पनि छैन, विरामीहरुको सेवामा तल्लीन बहिनीले मलाई सम्झाउँदा गर्व पनि लाग्छ । उनी भन्छिन्- यस्तो महामारीको समयमा नि म लगायत म जस्ता अरु स्वास्थ्यकर्मीले आफु र आफनो परिवारको मात्रको सुरक्षाको चिन्ता लिए के होला दिदी ? आफु भन्दा सानो बहिनीले यस्तो जिम्मेवार कुरा गर्दा म आफु पो स्वार्थी भए कि भन्ने सोच्न बाध्य भए ।

यस्तो महामारीको समयमा रिटायर भएका बृद्ध बृद्धाहरुले समेत स्वयसेवक भएर काम गरीरहेका छन् । म जस्ता युवा पुस्ताले आफनो र परिवारको मात्र सोचेर पुग्दैन । बरु हरेक मानवप्रति मेरो चिन्ता हुनु नै मेरो कर्तब्य हो भन्ने कुरा बहिनीले गर्दा मलाई बरु मैले यो महामारीको समयमा के नै गरे त भन्ने ठूलो प्रश्न आफुलाई गरे ।

स्याबास मेरी बहिनी । यता मेरो बुबा, पाल्पाको राजनीतिज्ञ पनि । घर कमै बस्ने । यो कोरोनाको बीचमा पनि ठाउँ ठाउँमा पुग्ने भएपछि ममीलाई चिन्ता लाग्ने नै भयो । उहाँ नियमित आफ्नो कार्य क्षेत्रमा यो महामारीको समयमा खटेर लाग्नु भएको छ । आमा सँग मात्र हो मैले धित मरुञ्जेल कुरा गर्न पाउने ।

ममीसँग हरेक दिन कुरा भए नि बुवा सँग हप्तामा एक पटक मुश्किलले कुरा गर्न पाउँछु । फोन गर्दा प्राय ब्यस्त नै हुने गर्दछ र फोन उठी नै हाले नी ‘छलफलमा छु छोरी, पछि कुरा गरुला ! भनी काटी हाल्नु हुन्छ । बुवालाई न खानाको समय हुन्छ न आरामको समय न त परिवार सँग सँगै बस्ने नै समय हुन्छ । बुवालाई आफ्नो स्वाथ्यको नि ख्याल गर्नु त म भन्छु नै ।

उहाँको उत्तर सुन्दा छक्क पर्छु । भन्नुहुन्छ- ‘छोरी, म तिम्रो मात्र अभिभावक होइन । म धेरैको अभिभावक हु । सबैले नै तिमीले जस्तै मबाट धेरै आशा र अपेक्षा राख्दछन् । तिमीलाई मेरो चिन्ता भए जस्तै मलाई नि अरुको चिन्ता छ यो समयमा । मलाई अभिभावक बनाउने धेरैका यो समयका फरक फरक समस्या छन् । त्यसका लागी आफ्नो क्षमताले भ्याए सम्म सक्दो सहयोगमा लागेको छु ।’

जिल्लाकै ठूलो स्थानीय तहको प्रमुख रहनुभएका बुबाले यस्तो उत्तर दिएसी मैले भन्नु के रह्यो र ? मनमनै चाहिँ जिज्ञासा रहने नै भयो, के सबैतिर यसैगरी काम भइरहेको होला त ? यो मानव संहारकारी कोरोनालाई हामी सबैले जित्नुछ । हिम्मत अझै दरिलो बनाउँनुछ । तर, होस गरेर । जोगिएर ।आफू पनि सुरक्षित हुने र अरुलाई पनि बनाउने । कोरोनाबाट मुक्ति पाउने ।

यो अभियानका लागि बुबाको सक्रियताले त मलाई सिकाउने नै भयो,  लण्डनकी मेरी प्यारी बहिनीको हिम्मतले भित्रैबाट उर्जा दिलाएको छ ।

म आफू सामाजिक क्षेत्रमा खानेपानी, सरफाईलगायतमा दशक बढीदेखि सक्रिय छु । अन्य कुराहरु पनि विभिन्न स्रोतबाट जानकारी पाएकै हुनाले कोरोनाबाट जोगिन केही सुझावहरु राख्दै मेरा थोरै कुरा टुंग्याउछु :

-साबुन पानीले बारम्बार हात मिचिमिचि धुने,

-हातले आँखा नाक र मुख नछुने,

– खोक्दा वा हाच्छिउँ गर्दा रुमाल वा कुहिनाको प्रयोग गर्ने,

– हात नमिलाउने, बरु नमस्कार गर्ने,

– भिडभाडबाट टाढा रहने,

-एक अर्काको जुठो नखाने,

– माछा मासु राम्ररी पकाएर मात्र खाने,

र मोवाइल, ल्यापटप, साँचो जस्ता सामग्रीहरुलाई स्यानीटाइजरको प्रयोग गरि बेलाबेलमा सफा गर्ने ।

(रैनादेवी छहरा, पाल्पा । हाल काठमाडौं)

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु