खाद्यन्न वितरणमा स्थानियतहको अलमल, बिपन्नलाइ सास्ती

२०७७, १० बैशाख बुधबार ११:१४

किरण कौशल
पाल्पा, १० बैशाख
पाल्पाका स्थानीय सरकारहरुले दोस्रो चरणको खाद्यान्न वितरणमा अलमल गर्दा धेरै मजुदरहरुको घरमा चुल्लो बल्न धौ भएको छ । १५ देखि ३० किलो चामल, बढीमा २ लिटर तेल परिवारको संख्या आधारमा वितरण गरेका आधा महिना बित्यो थप राहत वितरणमा ध्यान पुगेको छैन । खाद्यान्न वितरण गरेको १५ देखि २० भएपनि राहत वितरणको मापदण्ड र विपन्न परिवारको लागत संकलनमा स्थानीय सरकार अलमलिएका छन् । विपन्न परिवार खाद्यान्न विवरण गदै स्थानीय सरकार  पहिलो चरणमा राहत लिन छुटेकाहरु विपन्न परिवार सबैभन्दा ठूलो मारमा परेका छन् । वडाले तथ्याङक संकलन गर्दा जानकारी नभएर वा केही दिनलाई पुगिहाल्छ किन राहत लिने भनेका विपन्न परिवार सबैभन्दा बढी मार परेका छन् । लकडाउन लम्बिएसंगै राहत लिन छुटेकाहरु र खाद्यन्न सकिएकाहरुले जनप्रतितिनिहरुलाई हारगुहार गरेपनि त्यसको सुनुवाइ भएको छैन । गाउँपालिकाले दिएको चामल सकिएको घरमा अन्न छैन र दुकानमा पैशा तिर्न बाँकी छ, त्यसैले बन्दमा खानै सकस भएको बगनासकाली १ चिर्तुङधाराकी ज्ञनीसरा कुमालले बताइन् । जिल्लामा सबै भन्दा पहिला वगनासकाली गाउँपालिका खाद्यान्न विवरण गरेका थियो । बगनासकाली गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले दोस्रो चरणको खाद्यान्न वितरणको तयारी भएको र वैशाख १२ पछि वितरण हुने बताए ।
जिल्लाका दुई नगरपालिका र ८ गाउँपालिका वडाहरु राहत पाउनु पर्ने परिवारहरु छुटेका गुनासाहरु आएका छन् । जिल्लामा झण्डै ६ हजार ३ सय परिवारलाई पहिलो चरणमा खाद्यान्न वितरण गरिएको थियो । स्थानीय सरकारले ३ लाख देखि ३० लाख सम्म खर्च गरेर कम्तिमा एक सय ६० जना देखि बढीमा एक हजार ४ सय ५६ जनालाई चैत्र महिनामा खाद्यान्न बितरण गरेका हुन् ।
स्थायी घर र बसाइ अलग स्थानीय तहमा भएकाहरुले बसेको स्थानीय तहबाट राहत लिन सकेका छैनन् । खाद्यान्न राहत लिन नागरिकतालाई प्रमाणको रुपमा कतिपय स्थानीय तहले लिएका छन् । तानसेन नगरपालिका वडा ६ का तिलक खड्काको तानसेन नगरपालिकाले दिएको खाद्यन्न सकिएकाले अप्ठारो परेको गुनासो गरे । आफ्नो पेशा गरिखान बन्द खुलेन नगरपालिकाले दिने सहुलियतको चालम किन्न त्यती पनि पैशा नभएको उनको भनाइ छ । ४ जना भन्दा बढी संख्या भएकालाई एउटा मापदण्ड बनाएपछि ९÷१० जनाको परिवार भएकाहरुलाई मर्का परेको छ ।
धेरै परिवार संख्या हुनेहरुको स्थानीय सरकारले दिएको खाद्यान्न एक हप्तामै सकिएपछि वडा कार्यालयमा मागहरु आउन थालेको पूर्वाखोला गाउँपालिका वडा १ सिलुवाका अध्यक्ष भोग बहादुर थापाले बताए । पहिलो चरणको खाद्यान्न वितरण गर्दा स्थानीय तहहरुमा एकरुपता नदेखियको गुनासो बढेपछि जिल्ला समन्वय समितिको बैठकले वितरण प्रणालीमा एकरुपता ल्याउन अनुरोध गरेको छ ।

Comments

ताजा खबर