पाल्पामा उपचाररत युवाकाे काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ ।

२०७७, १० बैशाख बुधबार ०७:००

पाल्पा – तानसेन बस्ने गुल्मी स्थायी घर भएका एक युवाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश स्तरीय प्रयोगशालामा पठाइएको स्वाब परीक्षणबाट नेगेटिभ रिपोर्ट आएको हो । कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएपछि ३२ वर्षका युवाको स्वाब परीक्षणका लागि नमूना पठाइएको थियो । युवाकाे शनिबार बेलुकी मात्र स्वाब परीक्षण गर्न नमूना पठाइएकाे थियाे ।

तानसेनस्थित मिसन अस्पतालले स्वाव परीक्षण गर्न पठाएकोमा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो । आफू नेपालमै बस्ने भएपनि विदेशबाट आएका मानिससँग समेत हेलमेल गरेका ती युवालाई केही दिनदेखि ज्वरो आउने, रुघाखोकी लाग्ने र छातीमा समेत केही समस्या देखिएको थियो ।

पाल्पाबाट हालसम्म नौँ जनाको स्वाब परीक्षण गरिएकोमा सबै जनाको नेगेटिभ रिपोर्ट आएको उहाँले जानकारी दिनुभयो । यी युवासँगै पाल्पाबाट अहिलेसम्म ९ जनाको स्वाब परीक्षण गर्न पठाइएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु