क्वारेन्टाइन बाट ३ जाना फरार ।

२०७७, ९ बैशाख मंगलवार १२:३७

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ को क्वारेन्टाइनमा रहेका ३ जना मंगलबार बिहान फरार भएका छन् ।

भारतबाट आएका १ र उनको सम्पर्कमा पुगेका २ गरी ३ जनालाई क्वारेन्टाइनमा राखिएकोमा सबै फरार भएका हुन् ।सोमबार साँझ कावासोती–३ मा रहेको प्रस्तावित कुमारी अस्पतालको क्वारेन्टाइनमा राखिएका ३ जना मंगलबार बिहानै भागेको कावासोती–१ का वडाध्यक्ष नारायण पन्तले जानकारी दिए ।

क्वारेन्टाइनबाट भागेकामध्ये कावासोती–१ का अर्जुन परियार ३ दिनअघि भारतको लुदियानाबाट घर आइपुगेका थिए । कावासोती नगरपालिकाभित्र रहेको क्वारेन्टाइनहरूमा अहिले कावासोती नगरपालिकाको नगर प्रहरीले निगरानी गर्ने गरेका छन् । अध्यक्ष पन्तका अनुसार, नगरप्रहरीलाई समेत छलेर उनीहरू भागेका हुन् ।

फरार तीनै जनाको नगर प्रहरी, वडा प्रतिनिधि र प्रहरीले खोजी गरिरहेको कावासोती नगरपालिका उपप्रमुख तथा कोरना रोकथाम विपत् व्यावस्थापन समिति कावासोती नगर संयोजक प्रेम शंकर मर्दनियाले जानकारी दिए ।

कावासोती नगरपालिकामा क्वारेन्टाइनमा राखिएकामध्ये ९ जना घर फर्किएका छन् भने ८ जना त्यहीँ निगरानीमा छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु