भारतमा कोरोनाबाट १८ हजार बढी संक्रमित , ५९२ मृत्यु ।

२०७७, ९ बैशाख मंगलवार १२:२०

एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोना (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ९२ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३३ जना संक्रमितले ज्यान गुमाएका छन् ।

सोमबार भारतमा ९२४ जना नयाँ संक्रमित थपिएसँगै कोरोन संक्रमितको संख्या १८ हजार ५ सय ३९ पुगेको छ । संक्रमित मध्ये तीन हजार २७३ जना उपचारपछि घर फर्किसकेका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले हालसम्म ४ लाख एक हजार ५८६ जनाको कोरोना परीक्षण गरेको जनाएको छ। भारतमा बिगत २८ दिनदेखि लकडाउन जारी छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु