गुगल मिटमा दैनिक २० लाख प्रयोगकर्ता थपिँदै

२०७७, ९ बैशाख मंगलवार १२:३८
कोभिड–१९ महामारी लकडाउनका कारण पछिल्लो समय भिडियो कन्फ्रेन्सिङ प्लाटफर्महरु सर्वाधिक प्रयोग भैरहेको छ । भिडियो कन्फ्रेन्सिङ सर्भिस जुमले पछिल्लो समय धुम मच्चाइरहेको छ साइबर सुरक्षासम्बन्धी कतिपय कमजोरीका बाबजुत पनि । सफलताको यो श्रेणीमा गुगलको नयाँ भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म गुगल मिट पनि जोडिएको छ ।

गुगल मिटमा पछिल्ला केही हप्तादेखि दैनिक २० लाख नयाँ प्रयोगकर्ता जोडिइरहेका टन् । प्रयोगकर्ताको तीव्र वृद्धिसँगै बढ्दो चापलाई मध्यनजर गरी गुगल मिटको संरचना तथा क्षमतामा वृद्धिगरि प्रयोगकर्ताका सुरक्षा तथा गोपनीयताको सुरक्षालाई समेत प्राथमिकतामा राखिएको गुगलको भनाइ छ ।

गुगल क्लाउडको एसिया प्रशान्त क्षेत्रका नेटवर्किङ सुरक्षा विभागका प्रमुख मार्क जोन्सन भन्छन्, ‘गुगल मिटका प्रयोगकर्ताको संख्यामा जनवरीको तुलनामा २५ गुणाले वृद्धि भएको छ । अहिले दैनिक वृद्धिदर ६० प्रतिशतभन्दा धेरै छ । पछिल्ला केही हप्ता दैनिक २० लाख नयाँ प्रयोगकर्ता थपिएका छन्, जुन उल्लेखनीय वृद्धि हो । मार्क जोन्सन का अनुसार, अहिले गुगल मिटको प्लाटफर्ममा प्रयोगकर्ताहरुले भिडियो कलिङमा दैनिक २ अर्ब मिनेट बिताउने गरेका छन् ।गुगल मिटमा हुने संवादका डाटाहरु इक्रिप्टेड हुने भएको हुँदा तेस्रो पक्षले हात पार्ने वा गोपनीयता भंग हुने जोखिम नरहेको उनको दाबी छ ।

कोभिड–१९ महामारीका कारण यो अभूतपूर्व अवस्थाको सिर्जना भएको भन्दै उनले प्रयोगकर्ताको संख्यामा भैरहेको तीव्र वृद्धिलाई धान्नका लागि गुगल मिटको संरचना तथा क्षमता पर्याप्त रहेको बताएका छन् ।

गुगल मिटको सुरक्षा तथा गोपनीयता नीतिमा सुधारका लागि निरन्तर कार्य गरिरहेको र प्रयोगकर्ताका गुनासाहरुको पनि सम्बोधन गर्ने गरिएको उनको भनाइ छ । साथै विश्वका विभिन्न कम्पनीहरु तथा शैक्षिक संस्थाहरुलाई कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने बारेमा पनि विभिन्न निकायहरुसँग निरन्तर सम्पर्कमा रहेको उनले बताएका छन् ।

एजेन्सी 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु