मदिरा व्यवसायी संघ पाल्पाले नगरपालिकाकाे राहत काेषमा नगद राशि हस्तान्तरण ।

२०७७, ८ बैशाख सोमबार १५:४०

सन्ताेष गहतराज , बैशाख ८ , मदिरा व्यावसायि संघ पाल्पाले तानसेन नगपालिकाकाे राहत काेषमा रूपैयाँ २१ हजार साेमबार हस्तान्तरण गरेको छ ।

विश्वव्यापी रूपमा फैलिएको काेराेना भाइरसकाे कारण नगरपालिका भित्रका दैनिक ज्यालादारी मजदुरी गरेर जीवनयापन गर्ने व्यक्तिकाे उद्वार,सुरक्षण तथा काेराेना भाइरलबाट समस्या परेका नागरिकहरूलाई उद्वार गर्ने उदेश्यले नगद हस्तान्तरण गरेकाे मदिरा व्यावसायि संघ पाल्पाका अध्यक्ष यादब सिह कार्कीले बताउनु भयाे । 

नगद ग्रहण गर्दै तानसेन नगरपालिकाका मेयर अशाेक कुमार शाहीले देश संकट र विपतमा परेका बेला सबैकाे साथ र सहयाेगले विपन्न घरपरिवारका नागरिकहरूलाई राहत हुने बताउनु भयाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु