ईन्जिनियरहरुको संस्थाद्वारा अटाेमेटिक सानेटाईजिङ्ग टनेल र  नगदरकम हस्तान्तरण 

२०७७, ७ बैशाख आईतवार २०:५५

भबिन्द्र गौतम, ७ बैशाख, पाल्पा । नेपालभरी कोरोना भाइरसको जोखिम बढीरहेको बेलामा कोरोना भाइरसको न्यूनीकरण गर्नका प्राेग्रेसिभ ईन्जिनियरिङ एसोसियसन नेपाल (पिन) प्रदेश नं ५ ले लुम्बिनी प्रादेसिक अस्पताल लाई अटाेमेटिक सानेटाईजिङ्ग टनेल हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रम गरि प्रदेश नं ५ का सामाजिक विकास मन्त्री माननिय सुदर्शन वराल, लुम्बिनी प्रादेसिक अस्पताल विकास समितिका अध्यक्ष सुर्य बहादुर भट्टराई र मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र प्रसाद खनाललाई सयुक्त रुपमा पिनका प्रदेश ईन्चार्ज ई. दुजेन्द्र वस्नेत र प्रदेश ५ का अध्यक्ष ई.जीवन अर्याल बाट हस्तान्तरण गरेको हस्तान्तरण गरेको एसोसियसनको प्रदेश सचिवालय सदस्य ई. छबिन्द्र भट्टराईले जानकारी दिनुभयो । कोरोना भाइरसको जोखिम बढिरहेको अवस्थामा प्राेग्रेसिभ ईन्जिनियरिङ एसोसियसन नेपाल प्रदेश नं ५ ले गरेको सहयोग को उच्च प्रसंशा गर्दै माननिय मन्त्री सुदर्शन वरालले आभार ब्यक्त गर्नुभयो । अटाेमेटिक सानेटाईजिङ्ग टनेलले अस्पताल भित्र छिर्ने बेलामा अटाेमेटिक रुपमा ५ सेकेन्ड सम्म चारैतिर बाट सानेटाईजर छर्किने छ । विषम परिस्थितिमा पनि टनेल निर्माण कार्यमा अहाेरात्र खट्ने सदस्य सबैलाइ एसोसियसनले धन्यबाद दिइएको छ ।

आजै प्रजातन्त्रवादी इन्जिनियरहरु को समुह सिडेन प्रदेश नम्बर ५ द्वारा कोरोना रोकथाम र उपचारमा सहयोगी सामग्री निर्माता महावीर पुनको राष्ट्रिय आविस्कार केद्रलाई एक लाख रुपैया हस्तान्तरण गरेको नेपाल इन्जिनियर एसोसिएसन ५ नम्बर प्रदेशका प्रदेश सदस्य ई. महेश्वर लम्सालले जानकारी दिनुभयो । इन्जिनियर एसोसिएसनले गरेको महत्त्वपूर्ण सहयोग प्रती सर्वसाधारणको तर्फबाट सामाजिक संजालमा प्रसंशा गरिएको छ ।

Comments

ताजा खबर