गण्डकी प्रदेशको सिमानामा कडाइ, कालीगण्डकी पुलमा काडेतार

२०७७, ७ बैशाख आईतवार १८:३२

७ बैशाख, पाल्पा ।
गण्डकी प्रदेश सरकारले प्रदेशका नाकाहरुमा कडाइ गर्ने निर्णय गरेसँगै प्रदेशका नाकामा कडाइ गर्न सुरु गरिएको छ । प्रदेश नम्बर ५ र गण्डकी प्रदेशको सीमा नाका कालीगण्डकी पुल राम्दीमा सशस्त्र प्रहरीको अस्थायी बिट स्थापना गरि सडकमै काँडेतार राखेर गण्डकी प्रदेश प्रवेशमा कडाइ गरेको हो । जिल्ला सुरक्षा समिति स्याङ्जाको बैठकले राम्दीमा सशस्त्र प्रहरीको अस्थायी बिटको स्थापना गरेर चेकचाँजमा कडाइ गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो । देशैभरी कोरोना भाइरसको प्रभाव बढ्न थालेपछी गण्डकी प्रदेशमा कोरोना भाइरसको जोखिम बढ्न नदिन सीमा नाकामा कडाइ गरिएको छ ।केही उपाय , कोरोना भाईरसबाट कसरी बच्ने ?        अन्य प्रदेशबाट गण्डकी प्रदेशमा प्रवेश गर्न सीमा नाकामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । अत्यावश्यक सवारीका साधन र सवारी चालाउन पास लिएका सवारी लाई चेकजाँच गरि पठाउने गरिएको छ । सिमामा रहेको राम्दी पुलमा कडाइ भएसगै पैदल हिड्ने यात्रुहरु राजमार्गबाट हिडेका छैनन् भने तलमाथिका झोलुंगे पुलबाट ओहोरदोहोर गरेको पाइएको छ । सिमानामा कडाइ भए संगै ५ नम्बर प्रदेशका प्रदेशसभा सदस्य नारायण आचार्य, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल सहितको टोलीले स्थलगत अवलोकन गरि फर्केको छ ।

Comments

ताजा खबर