भरतपुर अस्पताल मृत्यु भएको युवतीमा कोरोना नभएको पुष्टी ।

२०७७, ७ बैशाख आईतवार १६:०५

७ बैशाख । गैडाकोट ४ बाट उपचारको लागि भरतपुर अस्पताल लगिएको युवतीमा कोरोना भाइरस नभएको पुष्टी भएको छ । 

भरतपुर अस्पतालमा उपचारको क्रममा आज विहान ती युवतीको मृत्यु भएको थियो । उपचारका लागि उहाँलाई हिजो लगिएको थियो । भतरपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हेटौँडामा रहेको पिसिआर प्रविधिबाट गरिएको स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको हो । पौडेलले भन्नुभयो, “हामीलाई पहिले नै कोरोना आशंका थिएन तर पनि स्वाव परीक्षणको लागि पठाएका थियौँ । रिपोर्ट नेगेटिभ छ । अस्पताल ले अब शब आफन्तलाई को जिम्मा लगाउदै छ ।  

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु