पुष्पकमल दाहाल (छविलाल)ले प्रचण्ड को अपमान गर्ने छुट छैन ।

२०७७, ७ बैशाख आईतवार १४:०२

✍️ – लक्ष्मण चौलागाईं (विद्रोही) विक्रम सम्वत २०५२ साल फागुन १ गते यो मुलुकमा जनयुद्धको घोषणा भयो। जनताका छोराछोरीको प्रत्येक्ष उपस्थितिमा हजारौं मोर्चाहरुको प्रतिनिधित्व गर्दै भएको जनयुद्ध साम्राज्यवाद र विस्तारवाद विरुद्धको लडाइँ चाहिँ  थियो। नारायणहिटी बाट खोसेर महलमा विसर्जन हुनको निमित्त हजारौं हजारले हिजो आहुती दिएका थिएनन।

अठारौं शताब्दीको बाइसे चौबिसे राज्यलाई एकताको मालामा उनेर नै शाहवंशीय राजतन्त्रले नेपाली मनमा जरो गाडेको थियो। नरभुपाल शाहका जेठा छोरा तत्कालीन श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह स्वयम् युद्धमा उपस्थित भै बाइसे चौबिसे राज्यहरु संग लडेर ४ जात ३६ वर्णको साझा फुलवारीको उपमा दिएर सबै नेपालीहरुलाई साझा नेपाल दिएर इतिहास निर्माण गरेका थिए पृथ्वीनारायणले।

यद्यपि त्यतिबेला बाइसे चौबिसे राज्य संग भिडेर शाहले कहिल्यै यो र उ भनेर नेपाली नेपाली बिच बिभेदको राज्य चलाएनन बरु नेपाल र नेपाली जनताको साझा मुलुक नेपालको गरिमा छोडेर यो धर्तीबाट विदा भएका पृथ्वीनारायण जो आज पनि नेपालीहरुको मनमा र इतिहासमा जिवितै छन ।

तर ०५२ सालमा सुरु भएको जनयुद्ध साम्राज्यवाद र विस्तारवाद विरुद्धको लडाई हैन रहेछ। बरु साम्राज्यवाद र विस्तारवाद संगको सहकार्यको मिसन चाहिँ रहेछ भन्ने आधार र नजर अन्दाज एमसिसी प्रस्तावका मतहरुले आफै  बोल्छ। पूजिवाद र सामन्तवाद प्रतिक्रियावादी शक्ति भनिन्थ्यो तर विडम्बना आज प्रतिक्रियावादी शक्ति त एउटै तराजुका बराबर तौलका  ढक एकै मनका अलग शरीर पो  रहेछन ।

चौध वर्षका अवोध बालकहरुलाई हतियार र अचानो बनाउदै अनि युद्धमा उनिहरुलाई मराउदै  पछि बदला भावमा जनताक छोराछोरी लडाउदै सत्रहजारको भोग पछी तत्कालीन राजा ज्ञानेन्द्रले जनताकै माया र बृहत् शान्तिका लागि नारायणहिटिको राजगद्दी त्याग गरेर नागार्जुन गएका इतिहासलाई कोहि कसैले किमार्थ भुल्ने छैन। 

यद्यपि ज्ञानेन्द्रका सेना र प्रहरी लाखौंको संख्यामा थिए जनमुक्ती सेना जम्मा ६ हजार थिए ।ज्ञानेन्द्रका सेना र प्रहरी सबै सखाप पारेर शाहलाई नारयणहिटीबाट लखेटिएको थिएन ।बरु शाहले मुलुकको शान्ती र लोकतान्त्रिक गणतन्त्र जनताको माग रहेछ भन्ने मनन गर्दै विरासत त्यागेका इतिहासलाई कोहि कसैले नकार्नु सक्दैन ।

आज मुलुकमा लोकतान्त्रिक गणतन्त्रको संविधान बन्यो। तर उक्त संविधान आधा नभरिएको गिलासको पर्याय बन्यो । संविधानमा जो  लेखियो त्यसले जनतालाई संविधानको मर्म बारे सम्बोधन गर्न सकेन।बरु संविधानको मर्म विपरित लिखितम जस्तो लोकतान्त्रिक गणतन्त्र जनताका झुपडीमा खै कहाँ गयो र भनियो जिब्रो चपाउदै राजनीतिक संयन्त्र खांचो भयो ?खुमल्टार !!

पूजिवादको सलामी गर्दै सर्वहारा बर्गलाई विरप्पन र लादेन  जस्तो बनाउदै नेकपाको सरकारले उमा भुजेल (क.सिलु) गोर्खा जेल ब्रेकर जिउदो योद्धालाई समेत राजा र महाराजाहरुले बनाएका जिर्ण जेलमा थुन्दै युद्धका योद्धाहरुको अपमान गर्यो। माहिला लामाहरुलाई अपराधी दर्ज गर्दै हालसम्म पनि जेलमा थुन्यो ।

यसैकारण यो लोकतान्त्रिक गणतन्त्रको संविधानको मर्म विपरीत भयो। संविधानकै अपमान गर्ने नेकपा सरकारले गणतन्त्रमा अर्को बाम कम्युनिस्ट शक्तिलाई नै प्रतिबन्ध लगायो। 

एमसिसीका प्रस्तावका बजेट  भन्दा पनि माथिका उठ्तिपुठ्ती  कर लिर्नुपर्ने एनसेल कम्पनीलाई काखी च्याप्दै विप्लव नेतृत्वको नेकपालाई धरौटीमा लुट्यो। केपी ओली सरकारलाई सफल सरकार भन्दै हनुमानहरुले फैलाएका अफवाह खेदजनक छ। 

यसैकारण नेकपा सरकारले पूजिवाद र सामन्तवादसंग मुन्टो जोड्दै सर्वहारा जनताका छोराछोरीलाई धरपकड गर्यो भने छविलालले सत्ता र सेवासुविधाको मोहले हजारौको बलिदान द्वारा प्राप्त लोकतान्त्रिक गणतन्त्रको उपलब्धि एमालेलाई बुझाएर सिआइडी र सुराकीहरुलाई मुलुकको नया राजा बनाए।

बाइसे चौबिसे राज्य जस्तै संघीयताले हजारौं महंगा विलासी र सेवासुविधाभोगीहरुलाई  राजा बनाए। वीरता र जीवन शक्ति प्युठानी,नम्रता ,तारा राई अनमोलहरुका ईतिहास चपाएर निल्दिए । भलै क. प्रसन्नहरुका भोगाइलाई समेत अपमान गर्दै हालको गणतन्त्रमा जनयुद्धका योद्धाहरुलाई प्रहरीको लिस्ट्मा लिस्टेड गराई जनयुद्धका जनमुक्ती सेनाहरुलाई धरपकड गर्न लगाए ।

उनि हाल चुइक्क पनि बोलिरहेका छैनन ।बरु रमिते बनेर टुलुटुलु महलको झ्यालबाट हेरेर बसिरहे।यसैकारण प्रश्नहरु उठ्ने गर्दछन ।यद्यपि मारिनु नै किन नपरोस या मर्नु नै किन नपरोस ? प्रश्नहरु सप्तकोसीका भेल जतिकै उर्लिन विवश भए जसलाई म यहाँ उल्लेख गर्न चाहन्छु। 

-जनयुद्धमा भनिएको बुर्जुवा शिक्षाको विकल्प खै ? ( जो आज  विचौलिया र माफियाको व्यापार बन्यो)

 – देशविकासको संयन्त्र खै ? र  १५ वर्षसम्म विभिन्न नामधारी संरचना बनाएर आज पनि जनतालाई दिग्भ्रमित बनाउदै राजनितीक संयन्त्रको मात्रै रेडियो बजाउदै मुलुकलाई ५० वर्ष पछि धकेलियो  ?

– देश रोइरहेको बेला शासक हासिरहयो तर रोइरहेका ,गुहार मागिरहेका जनताका चीत्कारलाई  खै कहाँ सुन्यो र संवोधन गर्यो  ?यसैले लेख्न विवश भएं छद्मभेषी शैली हैन र यो ??

-७० लाख युवा पलायन गरेर सेवासुविधा भोगी सत्ता के लोकतान्त्रिक गणतन्त्रको नीति हो ?

राजनीति सेवासुविधा रुपि महंगो विरासत कए जनयुद्दमा मान्छे मारेको कमाई उठाउदै हो ??

– स्वास्थ्य लगायतका सुविधा जनतालाई खै कतिवटा अस्पताल खै कहाँ बन्यो ?

– दुइतिहाई सरकारको पनि आयु सकिन लाग्यो खै विकट्का कुन कुन जिल्लाहरुमा चिल्ला सडकहरु  निर्माण भयो  ??

– कतिवटा विद्यालयहरु  खै कहाँ थप गरियो ??

– घाइते योद्धाको उपचार गर्न नसक्नेले किन राज्यबाट सेवासुविधा लिदै जन्मदिन र एनिभर्सरीमा  करोडौं खर्च गर्यो ?

– लोकतान्त्रिक गणतन्त्र राजाको दरबारबाट महलतिर मात्रै सार्नुले गरिब जनताका झुपडीहरुमा लोकतन्त्रको प्रत्याभूत गणतन्त्रले खै कहाँ  गरायो ?

थुप्रै थुप्रै छन यो मुलुकका शासकलाई सोध्ने प्रश्न !

नेपाल संसारका २१० राष्ट्रहरु मध्य सबैभन्दा सम्पन्न र धनी मुलुक हो किन वैदेशिक सहयोगको निम्ति माग्नेले जसरी हात फैलाउदै आफू र आफ्ना आसेपासे आफन्तलाई सरकारी गाडी र सेवा सुविधा लिएर जनता र देशलाई कंगाल बनाइयो ?

हाम्रो देश जलस्रोतले विश्वकै धनी राष्ट्र खानेपानीको अभावमा जनता काकाकुल बन्न विवश परिस्थिती लज्जा नै लज्जितको पर्याय हैन  ?? संसारभरका राष्ट्रहरु बेचेर पनि नेपालको सगरमाथाको मूल्य पुग्दैन ,के हामी गरिब हो ? पक्कै पनि हामी डोनाल्ड जे ट्रम्प र सि जिनपिङ्को देश भन्दा धनी राष्ट्रका मान्छे हौं।

कृषिप्रधानको गरिमा खरानी बनाएर ७० लाख युवालाई विदेश लखेटेर आयातित सुपरमार्केटको युग भित्र्याउदा जनता सुखी र देश समृद्द भयो ?? अनाहकम्मा जनताकाछोराछोरीको रगत पिइयो ,अनाहकमा अवोध बालबालिकाको जिन्दगी चुँडियो ,व्यर्थ सत्र हजार गरिबका झुपडीका निरिहहरुको जिन्दगीको इहलिला खत्तम पारेर यहि र यस्तै सेवा र सुविधाभोगी सत्ता निर्माणको एजेन्डा थियो हो  जनयुद्धको ??

यी प्रश्नहरुको जवाफ खुमल्टारले जनतालाई धेरै दिनु पर्दैन ।मात्रै सेवासुविधा भोगी लूटतन्त्रको अवसान गरेर देश सेवामुखी सत्ता सन्चालन गर्यो भने जवाफ पूर्ण हुनेछ। नत्र इतिहासले रगत लत्पतिएको मुहार भनेर पुष्पकमल दाहाल (छविलाल) को नाम इतिहासमा लेख्नेछ। प्रचण्डको नाम इतिहासमा रोइरहनेछ चेतना भया खुमल्टारका महलवासी सर्वहारा कमरेड।

सम्वत ७७ ले इतिहासको अपमान नगरी कमरेड माहिला लामा र उमा भुजेल लगायत सम्पूर्ण युग बदल्ने योद्धाहरुलाई ससम्मान रिहाई गर्दै प्रहरीको लिस्ट्मा विभिन्न षड्यन्त्र गरेर ,आरोप लगाएर दर्ज गरिएका नामहरु समुल खारेज गरोस ।

अन्त्यमा, हेक्का रहोस श्री पुष्पकमल दाहाल ज्यु  !! तपाईंले प्रचण्डको अपमान गर्ने छुट छदै  छैन। जुन दिन देखि छविलाल यो सत्तालाई श्रमदानमा सुचारु गर्छन त्यो दिन देखि श्रध्यय क. प्रचण्ड भन्छु मैले  अनि दस लाख अरिंगाले र चाकरीको जस्तै २ करोड ९० लाख जनताले !

नत्र प्रचण्ड भनेको पुष्पलालको काल्पनिक नाम हैन। साँढे तीन अक्षरले बनेको प्रचण्ड नाम महान सहिदको बलिदान ,बेपत्ताहरुको इतिहास ,हामीहरु जस्ता गरिबको उठिवास ,भैरवनाथ गणमा योद्धाहरुले भोगेका पासविक यातनाको संयोगले निर्मित प्रचण्ड नाम भित्र ०५२ साल देखि ६२ साल सम्मको रगतको खोलीहरु जोडिएको छ। 

यसैले गरिबको उत्थान र सर्वहाराको क्रान्तीको अजर र अमर नाम प्रचण्ड श्री पुष्पकमल दाहाल (छविलाल) को निजि नाम हैन। थुप्रै मोर्चा र वीरगतीहरु ,अवोध  बालबालिका(मैना सुनुवार/ दिलबहादुर रम्तेल) को मुन्टो निमोठिएर निर्मित एक्काइसौं शताब्दीको महान विचारको नाम हो।थुप्रै दिन हिनका मुण्टो निमोठियो ।सामन्त र पूजीवादी दलाल संग मुन्टो जोडेर गरिब जनताको ढाड्मा दाल दल्ने मिसन थिएन जनयुद्ध । एक पटक इतिहासलाई पुनरावलोकन गरियोस।शुभकामना ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु