२५ एमबी भन्दा ठूलो साइजको इमेल जीमेलबाट यसरी पठाउनुहोस्

२०७७, ७ बैशाख आईतवार १३:१९

एप्रिल  १९ टोक्यो  संजय पौड़याल

प्राय सबैले गुगलको जीमेल प्रयोग गर्नु हुन्छ होला ।  जीमेलबाट इमेल पठाउदा २५ एमबी भन्दा ठुलो साइजको फाइल पठाउन मिल्दैन् ।

यस्तो अबस्थामा तपाईँलाई समस्या भएको हुन सक्छ । आज  कसरी २५ एमबी भण्दा ठुलो फाइल जीमेलमा पठाउने भनेर जानकारी लिनुहोला  ।

सुरुमा जीमेलमा जानुहोस । जीमेलमा गइ सकेपछि कम्पोज अथवा प्लस आइकनमा क्लिक गर्नुहोस । कम्पोजमा क्लिक गरेपछि तल गुगल ड्राइभको आइकन

देखिने छ ।

तेसपछि गुगल ड्राइभको आइकनमा क्लिक गरेपछि अपलोड भन्ने अप्सनमा क्लिक गर्नुहोस । त्यसपछि पठाउनु पर्ने २५ एमबी भन्दा ठुलो साइजको फाइल  छानेर

अपलोड गर्नुहोस । फाइल अपलोड गरेर गुगल ड्राइभबाट २५ एमबी भन्दा ठुलो साइजको इमेल पठाउन सक्नु हुनेछ ।

 

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु