सर्जक नमिता दवाडीको गजल , संग्राम ।

२०७७, ७ बैशाख आईतवार १२:४४

सर्जक नमिता दवाडीले आफ्नो बिचार अनी नारिको बेदना अनी नारिहरु लुटिएको , बेचीयको अनी अदालत बाट नि केही नहेरिएको कुरा आफ्नो गजल संग्राम शीर्षक मार्फत बेक्त गर्नुभएकोछ ।

गजल  :- को जित्ला, को हार्ला  यहाँ चलिरहेको  सङग्राम छ,

अरे! प्राणको भात,मासुको अचार भोज धुमधाम छ।

जिब्रो थुतिएको छ,आवाज लुटिएको छ, ढुक्क  हुनुस्  ,

घिस्रिन सक्दैन उ अदालतसम्म शरीरमा निलडाम छ।

बन्द गर उध्याउन खुकुरी ! बरु बन्दोबस्त  गर घनको ,

पत्थर झैँ भएको छु चोटले ,कम्जोर प्रहार बेकाम छ ।

सोचेँ ! तिमीमै सुरक्षित रहला मन मुटु र त सुम्पिदिएँ ,

भाउ हेरी  बेचिदियौ, त्यो ब्यापारी मनलाई सलाम छ।

आमा! कति झुक्याउँछ्यौ आएर झझल्कोमा सधैं सधैं ,

छामेर निधार ,सोध्यौ आज पनि तिमीलाई आराम छ ?

नमिता दवाडी , गोर्खा नेपाल , हाल: न्युजिल्यान्ड

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु