तिनाउ गाउँपालिकाले दोस्रो चरणको राहत वितरण गरेकोछ ।

२०७७, ७ बैशाख आईतवार ०८:२९

सन्तोष गहतराज बैशाख ६ , पाल्पाको तिनाउ गाउँपालिकाले कोरोना भाइरसको संक्रमण रोकथामको लागि सरकारले गरेको लकडानको कारणले हातमुख जोड़न समस्या परेका अति विपन्न , एकल महिला तथा अपांग घरपरिवारलाई दोस्त्रो चरणको राहत वितरणको गरेको छ ।

गाउँपालिकाले यश अगाडि पहिलो चरणमा ४ लाख ५० हजार बराबरको राहत वितरण गरिसकेको र अब दास्त्रो चरणमा ६ लाख रुपैयाँ बराबरको राहत कोषमा गाउँपालिकाबाट रकम जम्मा गरि खाधान्न खरिद गरि वितरण गरेको गाउँपालिकाले जनाएको छ । यश बाहेक गाउँपालिकाले विभिन्न सघसस्था उधोगी , व्यवसायीहरू सँग मागका अपिल गरेकोमा केहि सहयोग प्राप्त गरेको र केही सहयोग गर्ने प्रतिबद्वता जनाएका छन ।

अर्घाखाँची सिमेन्ट प्रा लिले २ लाख ५० हजार बराबरको सामाग्री सहयोग गरेको छ । वडा न ३ को श्री डाडाको जनतालाई अर्घाखाँची सिमेन्ट प्रा लि सहयोग गरेको छ । वडा न ६ को मस्याम ५ क्वाईन्टल चामल र अन्य सामाग्री उधमी व्यवसाय दिनेश रेग्मीले सहयोग गर्नु भएको छ । वडा न १ को कचलमा काम्लेटटरी सामुदायिक बन उपभोक्ता समुहले ९४ हजार , मसिना सा व उसले १ लाख ८४ हजार बराबरको , वडा न २ दोभान ढाचखोला सामुदायिक वन उपभोक्ता समितिले ८५ हजार , अर्जनशिल सामुदायिक बन८५ हजार बराबरको खाधान्न , सर्वोतम सिमेन्ट प्रा लिले कचल क्षेत्रमा , वडा न ३ झुम्साको खुलखुलेसा बनले ५४ हजार र अन्य सामुदायिक वन उपभोक्ता समितिले अाफनो क्षेत्रमा भित्र तथा केही चुनखानी उधोगले आफ्नो क्षेत्र अति विपन्न परिवारलाई सहयोग गर्ने प्रतिबद्वधता जनाएका छन ।

गाउँपालिका अध्यक्ष अगम बहादुर घर्तीले सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अबको राहत वितरण डप्लिकेसन नहने गरी , न्यायगत संगत रूपमा वितरण गर्न वडा समितिलाई निर्देशन गरेको अध्यक्ष घर्ती बताउनु भयो ।

Comments

ताजा खबर