तिनाउ गाउँपालिका द्वारा दोस्रो चरणको राहत वितरण

२०७७, ६ बैशाख शनिबार २२:४९

सन्ताेष गहतराज
६ बैशाख, पाल्पा । कोरोना भाइरसको जोखिम बढेसंगै लकडाउनको समय थप भएपछी पाल्पाको तिनाउ गाउँपालिकाले दोश्रो चराणको राहत बितरणको तयारी गरेको छ । लामो समय लकडाउन भएपछी हातमुख जाेड्न समस्या परेका अति विपन्न, एकल महिला तथा अपाङ्ग घरपरिवारलाई दोस्रो चरणको राहत स्वरुप ६ लाख बराबरको खाधान्न वितरण गरेको गाउँपालिकाले जनाएकाे छ । पहिलो चरणमा ४ लाख ५० हजार बराबरको खाद्यान्न राहत स्वरुप गाउँपालिकाले बितरण गरेको थियो ।

विपन्न परिवार खाद्यान्न विवरण गदै स्थानीय सरकार

तिनाउ गाउपालिका चुनढुङ्गा खानी प्रचुर मात्रामा । गाउँपालिकाले खडा गरेको राहतकाेषमा अर्घाखाँची सिमेन्ट प्रालिले २ लाख ५० हजार बराबरको सामाग्री सहयोग गरेकाे छ । वडा न ६ का व्यवसायी दिनेश रेग्मीले ५ क्विन्टल चामल र अन्य सामाग्री सहयाेग गरेका छन यस्तै वडा न १ काे कचलमा काम्लेटारी सामुदायिक बन उपभोक्ता समुहले ९४ हजार, मसिना सामुदायिक बन उपभोक्ता समूहले १ लाख ८४ हजार, वडा न २ को दाेभान ढाचखाेला सामुदायिक वन उपभोक्ता समितिले ८५ हजार, शृजनशिल सामुदायिक बनले ८५ हजार बराबरको खाधान्न, वडा न ३ झुम्साकाे खुलखुलेसा सामुदायिक बनले ५४ हजार र अन्य सामुदायिक वन उपभोक्ता समितिले अाफनाे क्षेत्रमा, सर्वाेतम सिमेन्ट प्रालिले कचंल क्षेत्रमा र केही चुनखानीले आफ्नो क्षेत्रमा रहेेेका स्त्थानीय लाई राहत सहयोग गर्ने प्रतिबद्वता जनाएका छन । सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अबकाे राहत वितरण न्यायगत संगत रूपमा गर्न वडा समितिलाई निर्देशन गरेको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले जानकारी दिनुभयो । केही मगर र बाहुन जातिहरुका साथ ५० घर धुरी दलित बस्ति रहेको वडा नम्बर २ को खुर्सानेमा सामाजिक दुरी कायम गर्दै राहत बितरणको लागि शनिबार छलफल भएको छ भने अतिबिपन्न परिवार छनौट गर्दै कोरोना संक्रमण सम्बन्धी स्थानीय लाई सचेतना सहित केही नभएका बिपन्नले मात्रै राहत लिनेहो भन्दै स्थानीय छलफलमा जुटेको गाउँपालिकाले जनाएको छ ।

Comments

ताजा खबर