कोरोना विरुद्धको अभियानमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष द्वारा ३ लाख सहयोग

२०७७, ५ बैशाख शुक्रबार १२:५७

वैशाख ५, पाल्पा । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले कोरोना विरुद्धको अभियानमा पाल्पाका स्थानीय तहलाई तीन लाख रुपैँया प्रदान गर्ने घोषणा गर्नुभएको छ ।


कोरोना रोकथामका लागि स्थानीय तहले गरेका क्रियाकलापको अनुगमन र जनतासँग एक चरणको भेटघाटपछि जिल्ला अध्यक्ष आचार्यले तीन लाख रुपैंया प्रदान गर्ने घोषणा गर्नुभएको हो । कोरोना भाइरस कोभिड १९ कारण विश्वमा करिव डेढ लाख मानिसको ज्यान गएको छ । प्रदेशसभा सदस्यसमेत रहनुभएका आचार्यले कोरोना रोकथाम र नियन्त्रणका लागि आफूले व्यक्तिगततर्फबाट जिल्लाका दश वटै स्थानीय तहलाई ३०\३० हजार रुपैंया प्रदान गर्ने बताउनुभयो । राजनीतिक क्षेत्रमा लागेपछि आफूले निस्वार्थ जनताको सेवा गरेको र यो संकटका बेलामा आफूले पाउने सेवा सुविधा पनि जनताकै हितमा खर्च गर्नु उपयुक्त लागेको अध्यक्ष आचार्यको भनाई रहेको छ ।

Comments

ताजा खबर