टोकियोमा बन्द गरिने व्यवसायको खाका विवरण ।

२०७६, २८ चैत्र शुक्रबार १९:२८

टोकियो । टोकियोकी गभर्नर कोइके युरिकोले सञ्चालन बन्द गर्न भनिने व्यवसायको खाका तयार पारेकी छिन् । कोरोना भाइरसको संक्रमण रोक्ने महानगर सरकारको नीति अन्तर्गत टोकियोले शुक्रवार राति देखि लागू हुने केही व्यवसायको संचालन बन्द गर्न भन्दैछ ।

यो सूचिमा शैक्षिक एकाइ, पाचिन्को पार्लर, काराओके , स्पोर्टस् क्लब, नाटकघर, इन्टरनेट क्याफे र गेम सेन्टरहरु रहेका छन् । रेस्टुरेन्ट र बारहरु खुलै रहने पनि हरेक दिन छिट्टै बन्द गर्न भनिनेछ । अनुरोधको पालना गर्ने व्यवसायहरु वित्तीइ सहयोगका लागि योग्य समेत रहने कोइकेले बताएकी छिन् भने सुपरमार्केट, सार्वजनिक यातायातका साधन र होटल जस्ता अत्यावश्यक सेवाहरु भने खुला रहनेछन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु