पाल्पाको क्वारेन्टाइनमा रहेका ४१ जनाको कोरोना परिक्षण थालियो

२०७६, २८ चैत्र शुक्रबार १३:४९

किरण कौशल
पाल्पा २८ चैत्र
विदेशबाट फर्किएर क्वारेन्टाइनमा राखिएका ४१ जनाको Rapid Diagnostic Test Kit विधि मार्फत कोरोना संक्रमणको परिक्षण थालिएको छ । ९ जना रामपुर नगरपालिका, २१ जना पूर्वाखोला गाउँपालिका, ३ जना रिब्दीकोट गाउँपालिका र ८ जना रैनादेवी छहरा गाउँपालिकाको क्वारेन्टाइनमा रहेकाहरुको परिक्षण गरिने छ । उनिहरु सबै भारतबाट फर्किए पछि चैत्र १२ देखि क्वारेन्टाइनमा बसेका थिए । लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालका तालिम प्राप्त जनशक्तिहरु दुई समुह विभाजन गरेर पूर्व र पश्चिमका स्थानीय तहहरुमा परिचालन गरिएको थियो । कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार सहजिकरण समितिको बैठकले परिक्षणमा नेगेटिभ देखिएकाहरुलाई एक हप्ता घरमै क्वारेन्टाइनमा बस्ने गरी घर पठाउने निर्णय गरेको छ । परिक्षणमा पोजेटिभ देखिएमा स्बाव निकालेर सम्बन्धित पालिकाको एम्बुलेन्स मार्फत अस्पतालमा ल्याएर आइसोलेसनमा राख्ने निर्णय समेत भएको छ ।

Comments

ताजा खबर